स्वास्थ्य बीमा बोर्ड कार्यकारी निर्देशकमा तेह्र जनाको आवेदन स्वीकृत
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ९ शनिबार
194
Shares
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि परेका आवेदनहरूमध्ये १३ जनाको उम्मेदवारी स्वीकृत भएको छ।
कार्यकारी निर्देशक पदपूर्ति सिफारिस समितिले शुक्रबार सूचना प्रकाशित गर्दै गत असार ३ गतेको विज्ञापनअनुसार तोकिएको अवधिभित्र प्राप्त आवेदनहरूको छानबिन गर्दा निर्देशिकामा उल्लेखित योग्यता तथा मापदण्ड पूरा गरेका १३ जनाको नाम स्वीकृत गरिएको जनाएको हो।
समितिले स्वीकृत भएका उम्मेदवारहरूको नामावलीसमेत सार्वजनिक गरेको छ, जसमा डा. राजेन्द्रकुमार पोखरेल, सुभाष कोइराला, बुद्ध काजी श्रेष्ठ, गंगा प्रसाद जोशी, डा. प्रमोदकुमार यादव, डा. मुक्तिनाथ खनाल, डा. हुमनाथ गैरे, राजन श्रेष्ठ, तुलसीप्रसाद सुवेदी, विमला भट्ट, पारस अधिकारी, रोशनकुमार महतो र उत्तमकुमार कोइराला रहेका छन्।