इच्छाकामनाका ३४ भूमिहीन तथा सुकुमवासी परिवारलाई लालपुर्जा वितरण
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ९ शनिबार
82
Shares
काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरिएको छ।
जिल्ला भूमि समस्या समाधान समिति, चितवनले एक कार्यक्रमको आयोजना गरी ती परिवारलाई जग्गाको स्वामित्व हस्तान्तरण गरेको हो।
ामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको कानूनी स्वामित्व पाउन सकेका थिएनन्। वर्षौंदेखिको प्रतीक्षापछि लालपुर्जा प्राप्त गरेसँगै स्थानीय लाभग्राहीहरू आधिकारिक रूपमा जग्गाधनी बनेका छन् र उनीहरूमा ठूलो उत्साह छाएको छ।
सरकारले भूमिहीन तथा सुकुमवासी समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेर देशभर लालपुर्जा वितरण प्रक्रियालाई तिब्रता दिएको छ र सोही अभियानअन्तर्गत इच्छाकामनामा पहिचान भएका वास्तविक भूमिहीनहरूलाई पुर्जा वितरण गरिएको समितिले जनाएको छ।