arrow

हरिचोक–याम्दी सडक चार लेनमा विस्तार [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ९ शनिबार
road-pokhara-83-4-9 (1).jpg

पोखरा । स्थानीयको पटक पटकको दबाबपछि अन्ततः पोखराको हरिचोक–याम्दी सडकखण्ड चार लेनमा विस्तार भएको छ । 

चार वर्ष लगाएर स्तरोन्नति गरिएको यो सडक फराकिलो पारेर कालोपत्रे र लाइन मार्किङपछि अहिले निकै आकर्षक देखिएको छ ।

२.२ किलोमिटर दूरीको यो सडक भूपी शेरचन राजमार्ग र मध्यपहाडी लोकमार्ग दुवैअन्तर्गत पर्छ । समयमै काम नसकिएपछि स्थानीयसहित पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ आउजाउ गर्नेले निकै सास्ती भोग्नुपरेको थियो । 

०८१ साल असार १५ (राष्ट्रिय धान दिवस) मा स्थानीयले सडकमै धान रोपेर विरोध गरेका थिए ।

मोतिदान कन्स्ट्रक्सन सेवा प्रा.लि.ले ०७९ साउन १४ मा ४८ करोड रुपैयाँमा यो सडकखण्ड स्तरोन्नतिको ठेक्का पाएको थियो । दुई वर्षमा सक्ने गरी सम्झौता भएकोमा तीनपटक म्याद थप भएपछि यो वर्ष काम सकिएको हो ।

०८१ साउनसम्म काम नसकिएपछि सोही वर्ष चैत मसान्तसम्म म्याद थप गरिएको थियो । ठेकेदारलाई पछिल्लोपटक ०८३ वैशाख मसान्तसम्मको समयावधि दिइएको थियो ।

road-pokhara-83-4-9 (4).jpg
road-pokhara-83-4-9 (3).jpg
road-pokhara-83-4-9 (2).jpg
road-pokhara-83-4-9 (1).jpg
road-pokhara-83-4-9 (8).jpg
road-pokhara-83-4-9 (7).jpg
road-pokhara-83-4-9 (6).jpg
road-pokhara-83-4-9 (5).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ