प्रवासी नेपालीलाई मातृभूमिको विकासमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १० आइतबार
107
Shares
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासी नेपालीहरूलाई मातृभूमिको विकासका निम्ति ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्।
अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीहरूसँग शनिबार भएको भर्चुअल छलफलमा उहाँले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ भन्ने सरकारको धारणामा विश्वस्त रहन आग्रह गरेका हन्।
प्रवासी नेपालीहरू देशका सद्भावनादूत भएको बताउँदै अर्थमन्त्री वाग्लेעले मातृभूमिप्रतिको कर्तव्य निर्वाह गर्न र हाल देशको आर्थिक विकासका लागि सरकार लागिपरेकाले यसमा प्रवासमा रहेकाहरूको साथ र सहयोग अपरिहार्य रहेको औँल्याउनुभयो।
बजेटमार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि कर, राजस्वलगायत उद्योगमैत्री नीतिहरू कार्यान्वयन गरिएको स्पष्ट पार्दै उहाँले लगानीको प्रतिफल पनि सहज रूपमा फिर्ता लैजान सकिने कुरामा विश्वस्त पार्नुभयो। एनआरएनए बन्ड, अफसोर बन्ड र वैकल्पिक वित्त परिचालनजस्ता रूपान्तरणकारी अवधारणाहरू नेपालमा प्रवासी लगानी विस्तारका लागि नै अघि सारिएको अर्थमन्त्री वाग्लेको निजी सचिवालयले जनाएको छ।