arrow

आँपको बगैंचामा लुकाइएको एक सय ४० केजी गाँजा बरामद

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १० आइतबार
gaja-parsa.jpg

पर्सा। पर्साको छिपहरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँपको बगैंचाबाट प्रहरीले १४० किलोग्राम गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बलको बीओपी मिर्जापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार राति करिब ९ः३० बजे उक्त स्थानमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा आँपको बगैंचाभित्र घाँसमा लुकाइछिपाइ राखिएको अवस्थामा १३ ओटा पोकाभित्र रहेको गाँजाजस्तो देखिने एक सय ४० किलोग्राम लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ