कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १० आइतबार
156
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको छैटौँ बैठक बसेको छ। पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठकमा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिइएको छ ।
बैठकमा बीपी स्मृति दिवसका अवसरमा सम्पन्न वृक्षरोपण तथा अन्य कार्यक्रमहरूको समीक्षा गरिने कार्यसूची रहेको छ । यस्तै प्रतिष्ठानअन्तर्गत रहेका उपसमितिहरूले आफ्नो कार्ययोजना प्रस्तुत गर्नेछन् ।
आवश्यकताअनुसार थप उपसमिति विस्तार गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ। बैठकमा समसामयिक राजनीतिक विषयवस्तु तथा विविध एजेन्डामाथि समेत छलफल हुने कार्यसूची रहेको नेपाली कांग्रेसले जनाएको छ।