प्रधानमन्त्री मोदीले भारतीय परीक्षा प्रणाली सुधारका लागि गरे कार्यदल गठन
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ११ सोमबार
100
Shares
तस्बिर : फाइल
नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार देशको परीक्षा प्रणाली सुधार्न विशेष कार्यदल गठन गर्ने घोषणा गरेका छन् । यो घोषणा उनको प्रशासनका शिक्षा मन्त्रीले राजीनामा दिएको एक दिनपछि आएको हो ।
प्रधानमन्त्री मोदीले एक्समा पोस्ट गरेको भिडियोमा भनेका छन्, “सरकारले परीक्षा प्रणाली सुधारका लागि ‘उच्च शक्तिसम्पन्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । कार्यदलको नेतृत्व भारतीय प्रविधि कम्पनी ‘इन्फोसिस’का सह–संस्थापक नन्दन निलेकानीले गर्नुहुनेछ । कार्यदल परीक्षा सुधारमा केन्द्रित हुनेछ।”
भिडियो सन्देशमा प्रधानमन्त्री मोदीले भनेका छन्, “हाम्रो परीक्षा प्रणाली विश्वसनीय, पारदर्शी हुनुपर्छ र यसले प्रविधिको अधिकतम उपयोग गर्नुपर्छ। सरकार आगामी परीक्षाहरूको विश्वसनीयता सकेसम्म चाँडो सुनिश्चित गर्न काम गर्नेछ ।”
परीक्षा अनियमितता र युवा भारतकै अन्य समस्याविरुद्ध हप्तौँदेखि चल्दै आएको चरम बिन्दुमा पुगेको प्रदर्शन शनिबार शिक्षामन्त्रीको राजीनामा र सरकारले अन्य मुख्य मागहरू स्वीकारेसँगै अन्त्य भएको छ ।
आइतबार प्रदर्शनकारीले प्रयोग गरेको क्षेत्रको सरसफाईका लागि दर्जनौँ नगरपालिका कर्मचारीहरू प्रदर्शन स्थलमा खटाइएको थियो । उनीहरूले भीडले विरोध गीत गाउँदै, नारा लगाउँदै र तीखा भित्तेलेखन गर्दै गरेका फोहरलाई सफा गरेका छन् ।