arrow

तोलामा चार हजार तीन सयले घट्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १२ मंगलबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन-चाँदीको भाउमा भारी गिरावट आएको छ ।

सोमबारको तुलनामा सुनको भाउ तोलामा चार हजार तीन सय र चाँदीको एक सय ३५ रुपैयाँ घटेको हो ।

मूल्य घटेसँगै मंगलबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८४ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

यसअघि सोमबार सुनको भाउ प्रतितोला दुई लाख ८८ हजार पाँच सय रुपैयाँ रहेको थियो । 

यसअघि सोमबार प्रतितोला चार हजार चार सय ४५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ मंगलबार घटेर चार हजार तीन सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ