गोपालमान श्रेष्ठको निधनले लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति : राष्ट्रपति पौडेल
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १२ मंगलबार
164
Shares
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् कांग्रेस बरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताएका छन्।
राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका संघर्षका कठिन दिनहरूमा पूर्वउपप्रधानमन्त्री श्रेष्ठले पुर्याएको योगदान सदा स्मरणीय रहने बताए।
श्रेष्ठलाई सदैव सरल र लोकतन्त्रप्रति समर्पित व्यक्तिको रूपमा आफूले चिन्ने मौका पाएको उल्लेख गर्दै राष्ट्रपतिले उनको निधनले मुलुकको लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको महसुस भएको सामाजिक सञ्जाल एक्समा बताएका छन्।
साथै राष्ट्रपति पौडेलले स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुःखको यस घडीमा शोक सन्तप्त परिवारजन र शुभेच्छुकहरूमा गहिरो समवेदना व्यक्त गरेका छन्।