- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । साउदी अरबमा दुर्घटनामा परेर ‘ज्यान गुमाएका’ भनिएका भोजपुर, काउलेका सुवास तामाङको ‘क्षतविक्षत शव’ घर आइपुग्नासाथ परिवारले रितअनुसार अन्तिम संस्कार गर्यो ।
मृतकका परिवारले क्षतिपुर्ति र बिमा रकम पनि बुझे ।
तर तिनै सुबास शुक्रबार अपरान्ह काठमाडौं आइपुगेका छन् । अझ रोचक त जातिय रित अनुसार उनलाई फेरि न्वारन र बिहे गरेर मात्र परिवारमा स्वागत गरिदैंछ ।
सुबास जसोतसो जन्मभूमि आइपुगेका छन्, तर जातिय रितमा उनी मरिसकेका छन् ।
उनलाई अब भोजपुर जन्मस्थल लगेर फेरि न्वारन गरिनेछ । अनि मोरङ लक्ष्मीमार्गमा ल्याएर बिहे ।
यति रित पुर्याएपछि मात्र उनलाई नाबालक छोराछोरी र श्रीमतीसँग भेट गर्न दिइनेछ ।
करिब तीनबर्ष अघि सुवास साउदी अरेबियाको जेदा सहरनजिकै सडक दुर्घटनामा परेका थिए ।
दुर्घटनामा परेका अर्कैको शव सुवासको भनेर नेपाल पठाइएको थियो । उनले भने त्यसपछि आफ्नो आगत विगत भूलेका थिए ।
‘नसोचेकै कुरा भयो । दाजु सडक दुर्घटनामा परेर घटनास्थलमै मरेको भन्दै साउदी अरबिया सरकार, त्यहाँका अस्पताल र रियादको नेपाली दुताबासले पनि लिखित मुचुल्कासहित शव पठाएका थिए, विमानस्थलमा दाजुलाई लिन आएका भाइ अबर तामाङले भने ‘शव क्षतविक्षत भएकाले पहिचानका लागि बढी खोजतलास गरिएन ।
विश्वासका भरमा दाजुको अन्तिम संस्कार गरेका थियौं ।’ (कान्तिपुर दैनिक)