arrow

बागमतीका दर्शकलाई सुनको सिक्रीदेखि बाइकसम्म उपहार

logo
हाम्रा कुरा
प्रकाशित २०७२ पुष २३ बिहिबार
Team-Bagmati.jpg.jpeg
काठमाडौं। फिल्म रिलिज हुनु भन्दा अघि पनि आक्रामक पब्लिसिटी गरेको फिल्म बागमतीले फिल्म रिलिजको पूर्वसन्ध्यामा दर्शकका लागि नयाँ स्किम ल्याएको छ । भोलि शुक्रबारबाट अल नेपाल रिलिज हुन लागेको यो फिल्म हेर्ने दर्शकले लक्की ड्रबाट विजेता बन्ने अवसर पाए सुनको सिक्रीदेखि बालासम्म पाउनेछन् भने बम्पर उपहारमा इलेक्ट्रिक बाईकसमेत राखिएको छ ।

फिल्म युनिटले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त पुरस्कारको स्किम घोषणा गरेको हो । फिल्मकी निर्मात्री यशोदा राईका अनुसार फिल्मको हरेक टिकसँग एक कुपन वितरण गरिनेछ र उक्त कुपनलाई थिएटरको साइडमा राखिएको बागमती बक्समा जम्मा गरेर हरेक दिन सम्पूर्ण मल्टिप्लेक्स थिएटरमा लक्की ड्र गरी एकजना भाग्यशाली दर्शकलाई चाँदीको सिक्का प्रदान गरिनेछ । 

यसबाहेक हरेक हप्ता मोबाइल फोन, होलिडे प्याकेज, डिनर विथ आर्टिष्टका साथमा सुनका गहनाहरु जस्तै सिक्री, औठी, बाला आदि प्रदान गरिनेछ । यसैगरी बम्पर उपहार स्वरुप एक दर्शकलाई इलेक्ट्रिक बाइक पनि दिइनेछ । निर्मात्री यशोदाले दर्शकलाई फिल्म हलसम्म तान्नका लागि स्किम ल्याएको खुलाईन् । 

कार्यक्रममा अर्का निर्माता दिनेश दर्शनधारीले फिल्म हेरेपछि दर्शकले कलाकारको अभिनयसँगै साउथ इण्डियन फिल्मको प्रविधिलाई मनपराउने विश्वास व्यक्त गरे । अभिनेत्री केकी अधिकारीले फिल्मको सस्पेन्स पाटो नै फिल्मको मर्म रहेको बताइरहँदा अर्का वरिष्ठ अभिनेता शिव श्रेष्ठले एक्सन पाटोलाई दर्शकले रुचाउने बताए । फिल्म निर्माण पक्षका अनुसार फिल्मको शुरुवातमै दर्शकले शिव र महानायक राजेश हमालको १० मिनेटको फाइट हेर्न पाउनेछन् । फिल्मको निर्देशन सनी केरालाले गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ