सिभिल अस्पताल शोक र आक्रोशमा, तनावका कारण गृहमन्त्री नै आउन सकेनन्
प्रकाशित २०७४ असोज २३ सोमबार
632
Shares
काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद् गौचन हत्याको विरोधमा काठमाडौंको नयाँ वानेश्वर स्थित सिभिल अस्पतालमा व्यवसायी तथा सर्वसाधारणहरुले प्रदर्शन गरेका छन् । दिन दाहाडै व्यवसायीमाथि भएको हत्याको कडा शब्दमा विरोध गर्दै दोषीमाथि कडा कारबाहीको माग उनीहरुले गरेका छन् । आक्रोशित भीडले अस्पतालमा चर्काे स्वरमा नाराबाजी गरिरहेका छन् ।
अहिले अस्पताल परिसरमा देशका सबैप्रकारका व्यवसायीहरुको उपस्थिती देखिन्छ । त्यहाँ अहिले उच्च संख्यामा प्रहरी परिचालन गरिएको छ । अहिले त्यहाँ देखिएका सबै व्यवसायीहरु शोक र आक्रोशित मुद्रामा देखिन्छन् । उनको हत्याको विरोधमा धेरै व्यवसायिक संस्थाहरुले विज्ञप्ती निकालेर विरोध जनाएका छन् ।
यसैबीच गौचन हत्या बारे बुझ्नको लागि अस्पताल परिसरमा आउन लागेका गृहमन्त्री जनार्दन शर्मा पनि तनावका कारण अस्पताल प्रवेश गर्न नसकेको उनको सचिवालयले जनाएको छ । उनी आउने तयारीमा रहेको भएपनि तनाव नरोकिएका कारण तत्काल त्यहाँ जानु उपयुक्त नदेखेर उनी अस्पताल नगएको बताईएको छ ।