arrow

ट्रान्सर्फमर खरिद घोटाला : पूर्वमुख्य सचिव र वहालवाला सचिवलाई अख्तियारले तान्यो

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
rajendra_khs.JPG

काठमाडौं । अख्तियार दुरुपयोग दुरुपयोग आयोग अदुअआले पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीसँग बयान लिएको छ । अख्तियारले नेपाल विद्युत प्राधिकरणको ट्रान्सर्फमर खरिद घोटाला पूर्वमुख्यसचिव क्षत्रीसँग बयान लिएको हो ।

क्षत्रीसँगै सचिव अर्जुनकुमार कार्की र पूर्वसचिव विश्वप्रकाश पण्डितसँग पनि अख्तियारले बयान लिएको छ । ऊर्जा सचिव रहँदा गरेका निर्णयलाई लिएर  अख्तियारले तीन सचिवसँग साधपुछ गरेको हो ।

चीनको हुवेइ सनलाइट र थाइल्यान्डको सहवन्त इलेक्ट्रिक कम्पनीमा निर्माण भएका ट्रान्सर्फमर खरिदमा अनियमितता भएको ठहर गर्दै अख्तियारले २०७० भदौमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
मुद्दा दर्तालगत्तै प्राधिकरणको बोर्डले दुवै कम्पनी आर्विट्रेसनमा जाने निर्णय गरेको थियो । निर्णय गर्दा एउटा बोर्ड बैठकको अध्यक्षता तत्कालीन ऊर्जा सचिवको हैसियतमा विश्वप्रकाश पण्डित र दोस्रोमा राजेन्द्रकिशोर क्षत्रीले गरेका थिए ।

आर्विट्रेसनमा जाने निर्णयलगत्तै मध्यस्थकर्ता पनि नियुक्त गरिएको थियो ।  अदालतमा विचाराधीन मुद्दामा मध्यस्थकर्ता नियुक्त गर्न नपाइने भन्दै अख्तियारले मुद्दा प्रभावित पार्न खोजेको निष्कर्ष समेत निकालेको छ । आर्विट्रेसनबाट प्राधिकरणलाई फाइदा नभएको र उल्टै करिब साढे दुई करोड खर्च भएको अख्तियारको ठहर छ । मुख्यसचिव क्षेत्र हालै सेवा निवृत्त भएका हुने भने, कार्की अझै वहालमै छन् ।



लोकप्रिय समाचार
नयाँ