arrow

बझाङमा भूकम्प, क्षतिको विवरण आउन बाँकी

logo
प्रकाशित २०७४ कार्तिक २० सोमबार
earthquake-FNL-new.jpg.jpeg

बझाङ । बझाङमा सोमबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर ५४ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको हो । 

भूकम्पको केन्द्रबिन्दू कान्दादेखि केही टाढा र बुंगल झापादेखि केही नजिक रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । 

भूकम्पले गर्दा स्थानीयवासी निकै त्रसित भएका थिए । 

जिल्ला प्रहरी कार्यालयले भूकम्पले पारेको क्षतिबारे कुनै विवरण नआएको जनाएको छ । 

साढे २ महिनाअघि पनि बझाङमा ४.९ रेक्टर स्केलको भूकम्प गएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ