डिग बहादुरको विश्वासः देशको विकास र समस्याको निकासका लागि काँग्रेस
तेजन खड्का ।
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
436
Shares
उर्लाबारी । नेपाली काँग्रेसका मोरङ जिल्ला सभापति एवं पूर्व साँसद डिगबहादुर लिम्बूले बाम गठबन्धनसँग अतालिनु पर्ने स्थिती नभएको बताएका छन्।
उर्लाबारीस्थित देबिस्थान दुर्गा मन्दिरको सभाहलमा भएको कार्यकर्ता भेला तथा छलफल कार्यक्रममा बोल्दै मोरङ प्रदेश नम्बर १ का नेपाली काँग्रेस उम्मेदवार लिम्बूले देशको विकास र समस्याको निकासका लागि नेपाली काँग्रेसलाई बिजयी गराउनका लागि आग्रह गरे।
समृद्धिको अभियान लिएर कांग्रेस चुनाबमा होमिनेछ, लिम्बूले भने, अन्य राजनितिक र संबैधानिक एजेण्डाहरु सम्पन्न भईसकेको छ । अब कांग्रेस आर्थिक कान्तिको अभियान लिएर अघि बढ्ने छ ।
उनले कम्युनिष्टले जिते लोकतन्त्र नै धरापमा पर्ने र अधिनायकबाद व्यवस्था लादिने खतरा रहेको बताए ।अधिनायकबाध लादियो भने नेपाली जनताको अस्तित्ब नै धराप हुने उनको चिन्ता थियो ।
काँग्रेसहरु आश्वसन भन्दा पनि विकासी नारा लिएर अघि बढ्ने उल्लेख गर्दै उनले भने, थ्रुप्रै ठाउँमा विकास भएका छन्, अझै हुने क्रममा छन् । तर एमालेहरु काम भन्दा पनि गलत प्रचारमा लाग्ने गरेको बताए । उनले विकास निर्माणलाई स्थायित्व तथा दिर्घकालिन बनाउनका लागि पनि काँग्रेसको जित अपरिहार्य रहेको बताए।
नेपाली कांग्रेसका महासमिति सदस्य तथा प्रदेश नम्बर १ क का प्रदेश उम्मेदवार ललित अधिकारी, नेपाल तरुण दल जिल्ला सचिब सचिन शाक्यले नेपाली कांगेसका उम्मेदवारहरुलाई बिजयको शुभकामना दिदै युवाहरु सक्रियताका साथ चलयामान हुने बताए ।
यसैबिच मोरङ प्रदेश नम्बर १ का नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउनका लागि उर्लाबारीमा बीरबल थापाको संयोजकत्वमा ५ सय ५ सय ५५ जनाको सदस्यीय चुनाब प्रसारप्रसार समिति गठन गरिएको छ ।
उर्लाबारीका प्रत्येक वडामा अनुगमन समिति पनि गठन गरिएको छ । जसमा वार्ड नम्बर १ बाट गोबिन्द भट्टराई,२ बाट खगेन्द्र थापा,३ बाट रोहित कार्की,४ बाट दुर्गाप्रसाद निरौला,५ बाट भेषराज फागो,६ बाट सुरेश राई,७ बाट जयधर्म आचार्य,८ बाट सुरेश अधिकारी र ९ बाट माधब सुवेदी रहेका छन्।