arrow

बीरगञ्जको मन र माटो बुझेका अनिल रुंगटा काँग्रेसका प्रभाशाली उमेद्वार

logo
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
anil-rungta-election-campaign.jpg

पर्सा । आर्थिक राजधानीको रुपमा रहेको पर्सा जिल्ला तथा यसको सदरमुकाम बिरगञ्ज व्यवसायिक रुपमा देशैको महत्वपूर्ण केन्द्र हो । देशको आर्थिक नगरीको रुपमा रहेको बीरगञ्ज महानगरपालिका अन्तर्गत पर्ने निर्वाचन क्षेत्रमा चुलिएको चुनावी माहोल र यस क्षेत्रबाट कसले बाजी मार्ला भन्ने चासो धेरैमा रहेको छ । 

पर्साका निर्वाचन क्षेत्रमा नेतृत्व तहदेखि कार्यकर्तासम्म सबैको चासो रहेको छ। यहि पर्साको क्षेत्र नं १ मा नेपाली काँग्रेसले उठाएको उम्मेदवारको कारणले पनि चर्चामा रहेको छ। देशकै चर्चित सफल उद्यमी तथा राजनीतिज्ञ अनिल रुंगटा उमेद्वार भएका कारण पनि यो क्षेत्रको चर्चा देशभर छ। 

राजनीति र व्यवसायमा समेत सफल व्यवसायीको रुपमा आफ्नो छवि बनाउन सफल नेता रुंगटाको व्यवसायिक र राजनीतिक सफलतासँगै उनको लोकप्रियताको आधारमा काँग्रेसले उनलाई टिकट दिएको छ। 

धेरै उद्यमी तथा व्यवसायीहरुको बसोबास रहेको निर्वाचन क्षेत्रले व्यवसायिक उम्मेदवारले नै पाएपछि व्यवसायिक समुदाय खुसी देखिएको छ। आफ्नो समस्या बुझेको व्यक्ति उमेद्वार भएपछि व्यवसायकि समुदाय खुसी नहुने कुरै भएन। तिनै व्यवसायी र आम मतदाताहरुको माग बमोजिम काँग्रेसले रुंगटालाई उम्मेदवार बनाएको छ । 

पार्टीले उमेद्वार भएपछि रुंगटाले आफ्नो घोषणापत्र पनि सार्वजनिक गरेका छन्। बीरगञ्जको भौगोलिक परिस्थिती सुहाउँदो समृद्ध बीरगञ्ज र बन्द, हड्ताल रहित बीरगञ्जको परिकल्पना समेटेर उनले आफ्नो चुनावी अभियान अघि बढाएका छन् ।

Image may contain: 3 people, people standing and outdoor

किसानदेखि व्यवसायीहरुसम्मको माग र आवश्यकतालाई सम्बोधन गर्दै व्यवस्थित बीरगञ्ज शहरको अवधारणालाई लिएर आफू अघि बढेको रुंगटाले बताए । 

पारिवारिक पृष्ठभूमि नै व्यवसायिक रहेको रुंगटा काँग्रेसले अंगालेको पुँजीवादी अर्थतन्त्रप्रतिको स्पष्ट धारणाका कारण सुरुमा काँग्रेसको सिद्धान्तप्रति आकर्षित भए ।  ३२ बर्षअघी नेविसंघको राजनीतिबाट काँग्रेसको राजनीतिमा लागेका उनी जति पार्टीको सिद्धान्त बुझ्दै गए त्यतिकै उनको पार्टीसँग सम्वन्ध प्रगाढ हुँदै गएको उनी स्विकार्छन।

Image may contain: 3 people, people smiling, people standing and outdoor

उनको नजरमा नेपालमा लगानी गर्ने लगानीकर्ता र कुनैपनि व्यवसायीको लागि काँग्रेस बाहेकको अरु कुनै पार्टी सुरक्षित छैन । काँग्रेसमा देशकै प्रतिष्ठीत व्यवसायकि घरानाको नेतृत्वकव प्रवेशले पनि यहि देखाउँछ उनले भने।

काँग्रेसको यही सिद्धान्तबाट आकर्षित हुँदाहुँदै उनी पञ्चायतकै समयमा नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थीसंघ मार्फत् राजनीतिमा प्रवेश गरे । २०४२ सालमा नै राजनीतिमा प्रवेश गरेपनि आफ्नो पूख्यौली पेशा व्यवसाय नछाडेका उनी अहिले व्यवसाय र राजनीति दुबैमा सफल छन् । 

बीरगञ्जलाई व्यवसायिक नगरी बनाउनको लागि धेरै संघर्ष गरेका उनले उनीजस्तै सहयात्रीहरुको प्रयासले बीरगञ्ज अहिले मुलुकको महत्वपूर्ण व्यवसायिक नगरीको रुपमा विकास भएको छ । 

Image may contain: 6 people, people standing and outdoor

आफ्नो क्षेत्रका स्थानीयहरुले देखाएको भरोसा र विश्वासले रुंगटा आफ्नो विजयमा मोहोर लाग्ने बताउँछन। 

मधेश आन्दोलनको समयमा मधेश र काठमाडौंकोबीच पुलको काम गरेर संविधान निर्माणको समयमा पनि मधेशको अधिकारको पक्षमा बुलन्द आवाज उठाएका रुंगटाले संविधान निर्माणताका पनि पार्टी भित्र र बाहिर पटक पटक मधेसको माग सम्बोधन गर्न आवाज बुलन्द गर्दै आएका थिए । 

मधेश मधेशवासी अनि व्यसायकि वातावरणका लागि लड्दै आएका उनी अब आफू आर्थिक समृद्धिको चुनावी नारा लिएर प्रचार प्रसारमा लागिरहेको बताउँछन।  

Image may contain: 8 people, people smiling

बीरगञ्जको मन र माटो बुझेका सफल उद्योगी रुंगटा जगदम्बा इन्टरप्राइजेजका सञ्चालक पनि हुन् । 

भौतिक पूर्वाधर र विकासमा कसरी अगाडि बढ्ने भन्ने ज्ञान रहेको र विकासको नयाँ मोडल जानेको नेता भएकै कारण पनि उनलाई बीरगञ्जमा धेरै मतदाताहरुले मन पराएका छन्। 

मतदाताको यहि मायालाई संगालेर रुंगटा प्रतिनिधि सभामा पुग्दैछन् उनलाई लामोसमयदेखि नियालिरहेकाहरु बताउँछन्। 

Image may contain: 6 people, people smiling



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ