arrow

सिलवाल ज्यू, प्रहरीलाई एमालेकरण हुन रोक्दा तपाई कसरी अन्यायमा पर्नुभो ? 

विकासको एजेण्डा छैन आफ्नो गुनासो सुनाएर जित्लान् त चुनाव ?

logo
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
kp-navaraj.jpg

काठमाडौं । ललितपुर क्षेत्र नं १ मा उम्मेदवारी दिएका नवराज सिलवालको चुनावी एजेण्डा के होला ? नेपाल प्रहरी रहेर देशको मानो खाएर अन्तमा आईजीपी बन्न नपाएपछि आईजीपी बन्न अनेक हत्कण्डा प्रयोग गरेर सिलवालसँग क्षेत्र नं १ का जनताको समस्याबारे खासै केही पनि जानकारी नै छैन भन्न सकिन्छ। 

हुनत: उनको चुनावी एजेण्डा पनि के नै छ र ? आफूलाई आईजीपी नबनाएर मुलुकले आफूमाथि अन्याय गरेको उनको आरोप छ । यही आरोपमा मतदाताको भावना जितेर भोट पाउँछु भन्ने उनको सोचाई देखिन्छ । उनको चुनावी प्रचार शैलीले पनि यही देखाउँछ। उनले चुनाव जितेपछि आफू केही गर्छु हैन कि चुनाव जितेपछि आफूले न्याय पाउने भन्दै आफूलाई न्याय दिन आग्रह गर्दै आएका छन्। 

प्रतिनिधि सभाको यो चुनाव कुनै एक नागरिक र कार्यकर्तालाई परेको अन्यायमाथि जनताले मत दिएर न्याय गर्ने चुनाव होईन । यो चुनाव भनेको जनताको समस्या बुझेर त्यो समस्या समाधानको लागि पहल गर्छु भन्नुपर्नेबेलामा सिलवाल भने आफ्नै समस्या जनताका माझ राख्दै हिँडेका छन् । उनले आफूलाई राज्यले प्रहरी प्रमुख नबनाएको मुद्दालाई जनतासामू लगेका छन् । तर, उनले यो बताएका छैनन् कि प्रहरी जस्तो संवेदनशील निकायको नेतृत्व नवराज सिलवाल जस्तो पार्टीको इमान्दार कार्यकर्तालाई सुम्पिँदा त्यो संगठन कस्तो बन्थ्यो होला ? 

उनी पार्टीका इमान्दार कार्यकर्ता हुन् भन्ने कुरा उनले राजीनामा स्वीकृत हुनुपूर्व नै एमालेमा प्रवेश गरेर देखाएको गैरव्यवसायिक चरित्रले पनि देखाउँछ भने उनी पहिलेदेखि नै एमालेका इमान्दार कार्यकर्ता थिए भन्ने कुरा प्रवेश गरेसँगै प्रतिनिधि सभामा पाएको टिकटबाट पनि पुष्टि हुन्छ । उनी नेकपा एमालेको उत्कृष्ट १ सय ६५ जना कार्यकर्ता मध्येको एक कार्यकर्ता सावित भएका छन् । 

त्यसैले ललितपुर १ का बासिन्दाले सिलवाललाई भोट नदिने आधारहरुमा पहिलो त उनीसँगै विकासको कुनै एजेण्डा नै देखिँदैन । मात्रै आईजीपी नपाएपछि त्यसैको बदलामा आफू उम्मेदवार बनेको उनको भोट माग्ने शैलीले नै बताउँछ । अर्को कुरा डिआईजीबाट राजीनामा स्वीकृत नहुँदै एमालेबाट टिकट पाउने सिलवालले प्रहरीमा कार्यरत हुँदा कस्तो न्याय दिए होला ? उनले गैर एमालेहरु माथि कति प्रतिशोधराख्थे होला ? यो पनि खोजीको विषय बन्न पुगेको छ । 

आईजीपी बन्नको लागि सर्वोच्च अदालतमा नै कीर्ते कागज पेश गर्ने आरोप लागेका उनी एकपटक कीर्ते गरेको विषयमा केही दिन प्रहरीले पक्राउ समेत गरेको उनलाई पछि बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले रिहा गरिदिएको थियो । उनी विरुद्ध कीर्ते कागजातको मुद्दा अहिलेपनि सर्वोच्चमा विचाराधीन छ । उनले आफू आईजीपी बन्न पाउनुपर्ने भन्दै सर्वोच्चमा दायर गरेको रिट सर्वोच्चले खारेज गरिदिएपछि उनले आफ्नो पदबाट राजीनामा दिएका थिए । 

राजीनामा दिएको केही समय पछि नै उनी एमालेमा प्रवेश गरेका हुन् । उनी एमालेमा प्रवेश गरेको दिनसम्म पनि उनको राजीनामा स्वीकृत भएको थिएन । जसले गर्दा उनी नेपाल प्रहरीको डिआईजी पद लिएरै एमालेमा प्रवेश गरेको हुन् । त्यसैले उनलाई प्रहरीको आईजीपी नबनाउनु भनेको प्रहरीमा एमालेकरण रोक्नु हो भन्न सकिने अवस्था देखिन्छ । त्यसैले ललितपुर १ का मतदाताहरुको नवराज सिलवाललाई यो प्रश्न छ कि प्रहरीलाई एमालेकरण हुनबाट जोगाउँदा सिलवाल कसरी अन्यायमा परे ?    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ