प्लाटुन कमाण्डरसहित माओवादीका डेढ सय कार्यकर्ता कांग्रेस भित्र्याए देउवाले
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
534
Shares
तेह्रथुम । तेह्रथुममा मतदाता नामावली भएका २५ वढी मतदाता काठमाडौँबाट नेपाली कांग्रेस प्रवेश गरेका छन् । माओवादी जनमुक्ति सेनाका पुर्व प्लाटन कमाण्डर प्रेम खापुङ्ग सहित तेह्रथुमका २५ बढी मतदाता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली काग्रेस, तेह्रथुम–काठमाडौँ सम्पर्क समितिका सचिव बालकुमार गुरुङका अनुसार सो अवसरमा पुर्वका विभिन्न जिल्लाका डेढ सय बढी माओवादी कार्यकर्ता माओवादी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
उनीहरुलाई नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस केन्द्रीय सदस्य तथा तेह्रथुमबाट प्रतिनिधि सभाकी प्रत्यक्ष उम्मेदवार सीता गुरुङले स्वागत गरेका थिए ।
सो अवसरमा हाल भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री रहेकी कांग्रेस युवा नेतृ गुरुङलाई प्रधानमन्त्री देउवाले सफलताको शुभकामना समेत दिए ।
नेतृ गुरुङ चुनावी प्रचार प्रसार र मतदाताका घरदैलोसम्म पुग्न विहीबार गृहजिल्ला आउँदै छिन् ।