सातै प्रदेशमा काँग्रेसको मिडिया सेन्टर, कहाँ कहाँ स्थापना हुँदैछ?
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
177
Shares
काठमाडौं। नेपाली काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि सातै प्रदेशमा मिडिया सेन्टर शुरुवात गर्ने भएको छ।
स्थानिय चुनावको वेलामा शुरु गरेको मिडिया सेन्टरलाई काँग्रेसले विस्तार समेत गरेको छ। काँग्रेसले सातै प्रदेशमा मिडिया सेन्टर स्थापना गरि प्रचारका कामलाई चुस्त बनाउन लागेको हो।
काँग्रेसले प्रदेश नम्वर १ को मिडिया सेन्टर इटहरी प्रदेश नम्वर २को मिडिया सेन्टर जनकपुरर बीरगञ्जमा प्रदेश न ३ को मिडिया सेन्टर चितवन प्रदेश नम्वर ४को पोखरामा प्रदेश नम्वर ५ को वुटवल र नेपालगञ्जमा प्रदेश नम्वर ६को सुर्खेत र प्रदेश नम्वर ७को धनगढीमा मिडिया सेन्टर केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले जानकारी दिए।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि नेपाली काँग्रेसले केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेपछिको पहिलो पत्रकार सम्मेलनमा काँग्रेस नेता तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक खाँणले सो जानकारी गराएका हुन्।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रचार प्रसार उपसमितिका सहसंयोजक बद्री पाण्डे एमालेले संविधान प्रतिको अनास्था देखाएको बताए। यो संविधानलाई असफल बनाएर विस्थापित गर्दै अर्को संविधान ल्याउने खेल एमालेले गरेको छ पाण्डेको आरोप छ। एमालेका गतिविधीले उनीहरुयो संविधानलाई च्यात्नेतर्फ गएको पाण्डेले बताए।