डिनाको क्षेत्रमा एमाले माओवादीका १ सय ५० कार्यकर्ता काँग्रेसमा प्रवेश
भैरवडाँडा क्षेत्रमा पर्यटन प्रबर्द्धन गरिने : उपाध्याय
सुनिल शिवाकोटी,
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
558
Shares
हेटौँडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य मकवानपुर क्षेत्र नम्बर २ की उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले हेटौँडा १० बाट भैरवडाँडा जोड्न केवुलकार निर्माणको लागि पहल गर्दै पर्यटकीय सम्भावना रहेको भैरवडाँडा लगायतका क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने बताएकी छिन् ।
नेपाली काँग्रेस हेटौँडा उपमहानगर १ नम्बर वडा समितिको आयोजनामा आज भैरव डाँडामा भएको पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा बोल्दै उपाध्यायले यसो बताएकी हुन ।
कार्यक्रममा बोल्दै उपाध्यायले कम्युनिष्टहरुको पटक पटकको आन्दोलनका कारण औद्योगिक क्षेत्र धराशायी बनाएको बताउदै औद्योगिक क्षेत्रको विकासलाई मध्यनजर गर्दै
हेटौँडालाई प्रदेश नम्बर ३ को अस्थायी राजधानीलाई स्थायी रुपमा राजधानी बनाउने प्रतिबद्धता ब्यक्त गरिन ।
कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार यतिराज सापकोटाले भैरवडाँडामा खानेपानी, सडकलगायतका पूर्वाधार निर्माणमा सहयोग गर्ने बताउँदै युवाहरु विदेश पलायन हुने क्रम रोक्न काँग्रेसले देशभित्र रोजगारीको अवसर सिर्जन गर्ने बताए ।
हेटौँडा उपमहानगर १ नम्बर वडाका सभापति हरिकृष्ण महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुली, प्रचार समितिका सदस्य होमनाथ गौतम, कमल लामा, अश्विन देबकोटालगायतले बोलेका थिए ।
कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका एकसय ५० भन्दा बढी कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका थिए । कार्यक्रममा काँग्रेसमा लामो समयदेखि सक्रिय होमनाथ सापकोटा, बासुदेव सापकोटा र हरिशरण सोपकोटालाई सम्मान गरिएको थियो ।