arrow

रमेश लेखकको विकासको प्रभाव : जोगबुढा पारीका पुरै बस्ती काँग्रेसमा प्रवेश

logo
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
party_prabesh4.jpg

काठमाडौं । रमेश लेखले मन्त्री हुँदा गरेको विकासले गर्दा धेरै सुविधा पाएको एउटा गाउँ नै काँग्रेसमा प्रवेश गरेको छ । २०७० सालको चुनावमा भोट माग्न जाँदा लेखकलाई गाउँलेबासीले राखेको समस्या उनले समाधान गरिदिएपछि बिहीबार आयोजित एक कार्यक्रमकाबीच पुरै गाउँले नै लेखकलाई भोट हाल्ने भन्दै काँग्रेसमा प्रवेश गरेका हुन् । 

जोगबुढा नदीमा पुल नहुँदा वर्षको ६ महिना बाल बच्चा स्कुल जानबाट वञ्चित हुनु परेको त्यो गाउँलेले अघिल्लो संविधान सभाको चुनावमा आफ्नो बच्चाहरुलाई विद्यालय जान सक्ने बनाईदिन आग्रह गरेका थिए । उनीहरुले त्यो जिम्मा रमेश लेखकको टाउकोमा बोकाएका थिए । 

लेखकले पनि चुनाव जितेपछि सबैभन्दा पहिले त्यही समस्यामा परेका गाउँले सम्झिए । त्यही गाउँमा विद्यालय जान नपाएका विद्यार्थीहरु सम्झिए र त्यहाँको दुख सम्झिए । अहिले उनी भोट माग्न जाँदा त्यहाँ विकासले नयाँ मुहार फेरेको छ । विकाससँगै गाउँलेको मुहार पनि फेरिएको छ । 

पहिले मोटरसाईकलको कल्पना पनि गर्न नसक्नेहरु अहिले घरैसम्म मोटरसाईकल लैजान थालेका छन् । वारी रहेको बजारसँग नियमित सम्पर्क हुन थालेको छ भने गाउँको दैनिकी नै बदलिएको छ । विद्यालय जानबाट विद्यार्थीहरु बञ्चित हुनुपरेको छैन भने सबै काममा सहजता सिर्जना भएको छ । 

बिहीबार त्यही गाउँमा पुगेका लेखकलाई उनीहरुले मन्द मुस्कानका साथ स्वागत गरेका थिए । लेखकले आफ्नो प्रतिवद्धताको पोको त यस अघि नै पठाईसकेका थिए । भोट माग्दै आएका ती गाउँबासीले खुशी हुँदै सामुहिक निर्णय गरी रमेश लेखकलाई नै भोट दिने बाचा मात्रै गरेनन् । अब यो गाउँ नै काँग्रेसी भएको बताए । त्यो गाउँमा झण्डै ४५ घर रहेका छन् । 
Image may contain: sky, cloud, grass, outdoor and nature

Image may contain: 9 people, people smiling, people standing and people sitting

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ