arrow

४५ उपसचिवको काज फिर्ता

logo
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
local-development-ministry-and-federal-affair.jpeg

काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत स्थानीय तहमा काजमा खटिएका ४५ उपसचिवको काज फिर्ता गरेको छ । 

काजमा खटाइएको एक महिना नबित्दै उक्त मन्त्रालयले ११७ उपसचिवमध्ये ४५ जनाको काज फिर्ता गराएको स्थानीय विकास मन्त्रालयका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत रवीन्द्रजंग थापाले बताए । "हामीले स्थानीय तहको जिम्मेवारीसहित तोकेर पठाउने तयारीमा थियौँ", उले भने, "तर सामान्यले काज फिर्ता गरेपछि पठाउन पाएनौँ ।" 

नगरपालिकाका लागि कार्यकारी प्रमुख भनेर पठाउन थालिएका ती कर्मचारीको काज फिर्ता भएपछि ती नगरपालिकामा अहिले निमित्तको भरमा काम भइरहेका छन् । 

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले ४५ उपसचिवको विशेष परिस्थितिका कारण काज फिर्ता गरिएको बताए। "अशक्त, अपाङ्ग र अवधि नपुगेका कर्मचारीको काज फिर्ता गरेका हौँ", उनले भने, "फिर्ता गरिएका ठाउँमा नयाँ कर्मचारी पठाउने तयारी भइरहेको छ ।" सामान्यले स्थानीय तह सञ्चालनका लागि अहिलेसम्म ११७ उपसचिव र ८० जना शाखाअधिकृत पठाएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ