arrow

कीर्ते मुद्दामा वीर अस्पतालमा कार्यरत तीनसहित चार पक्राउ

डिस्चार्ज पुर्जी तथा पत्रसमेत कीर्ते कागजात बनाई पुनरावेदन अदालत पाटनमा पेस गरी छुटाउन खोजेको थियो ।

logo
प्रकाशित २०७२ माघ ६ बुधबार
bir-hospital.jpg.jpeg
काठमाडौँ । सरकारी छाप दस्तखत कीर्ते मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट म्याद थपगरी आवश्यक अनुसन्धान भइरहेका वीर अस्पतालमा कार्यरत तीन कर्मचारीसहित चार जनालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । 

पक्राउपर्नेमा वीर अस्पताल सेवा आयोगमा कार्यरत सातौँ तहका सचिव ५७ वर्षीय लक्ष्मणप्रसाद अर्याल, वीर अस्पताल (रेडियोग्राफर सातौँ तह)का ४६ वर्षीय कृष्णप्रसाद तिमल्सिना र इमरजेन्सी नर्स एड पाँचौँ तहका ५० वर्षीय राजेशकुमार कार्की तथा सिन्धुपाल्चोक वतासे गाविस–३ का ६२ वर्षीय रामप्रसाद पराजुली भन्ने केदारनाथ पराजुली रहेको ब्युरोले जनाएको छ । 

सिन्धुपाल्चोक जिल्ला अदालतबाट फैसला भई विगत दुई वर्षदेखि जबर्जस्ती करणी उद्योग मुद्दाका प्रतिवादी सिन्धुपाल्चोक मानेश्वरा घर भई हाल कारागार कार्यालय जगन्नाथ देवल, काठमाडौँमा कैद सजाय भोगिरहेका उद्धवप्रसाद नेपाललाई पुनरावेदन अदालत पाटनमार्फत छुटाउनका लागि निज प्रतिवादी नेपाल संलग्न रहेको जबर्जस्ती करणी उद्योग घटना भएको मिति २०७० असार ५ भित्रपर्ने गरी मिति २०७० असार ४ देखि १२ गतेसम्म वीर अस्पतालमा एपेन्डिसाइडको शल्यक्रिया गरी उपचारार्थ बेड भर्ना रहेको भन्ने व्यहोराको डिस्चार्ज पुर्जी तथा पत्रसमेत कीर्ते कागजात बनाई पुनरावेदन अदालत पाटनमा पेस गरी छुटाउन खोजेको थियो ।

यसमा अदालतबाट सो बारेमा पटकपटक बुझ्ने कार्य हुँदा अस्पतालको प्रशासनले कीर्ते व्यहोराको डिस्चार्ज पुर्जी तथा पत्र जारी भएको थाहा भएपश्चात् ती व्यक्तिलाई विभिन्न मितिमा पक्राउ गरिएको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ