रक्षामन्त्रीको आयोजनामा राष्ट्रपतिले पूर्व राष्ट्रपतिलाई सम्मान गर्दै
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
626
Shares
काठमाडौं । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्रपति रामवरण यादवलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । रक्षामन्त्री भीमसेनदास प्रधानको आयोजनामा शुक्रबार विहान ७ बजे राजधानीको रत्नपार्क शान्तिबाटिकामा पूर्व राष्ट्रपति यादवलाई सम्मान गर्ने कार्यक्रम रहेको प्रधानको सचिवालयले जनाएको छ ।
गणेशमान सिंहको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सञ्चालन हुँदैछ । पूर्व राष्ट्रपति डा. यादवलार्इ सोही कार्यक्रममा जन आन्दोलन स्वर्ण पदक प्रदान गर्न लागिएको बतार्इएको छ ।