arrow

 दैलेखको सियाकोटमा सवारी दुर्घटना: तीनको मृत्यु

logo
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
accident-final.jpeg

सुर्खेत । सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको देउती यातायात प्रालिको बा४ख ५०१० नं को गाडी शुक्रबार राति दैलेखको सियाकोटमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । 

दुर्घटनामा मृत्यु हुनेमा वीरेन्द्रनगर ९ का ३१ वर्षीय पारश तिवारी, दैलेख नौमूलेका ५६ वर्षीय रत्नबहादुर सिजाली र नौमूलेकै ४५ वर्षीय जिसी राना रहेका छन् । दुर्घटनामा परी १० जना घाइते भएका छन् । 

घाइतेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ । तीव्रगतिका कारण गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक सरोज पौडेलले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ