मकवानपुरमा अन्धाधुन्द खुकुरी प्रहार, तीन सख्त घाइते
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
405
Shares
हेटौडा । मकवानपुरको मनहरी –७ विजौनामा एक व्यक्तिले अन्धाधुन्द खुकरी प्रहार गरी तीन जनालाई सख्त घाइते बनाएका छन् ।
मनहरी प्रहरीचौकीले दिएको जानकारी अनुसार खुकुरी प्रहारबाट घाइते भएका मध्ये एक जनाको अवस्था अत्यन्तै नाजकु छ । तीनै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।