arrow

फाइनल जितेर नेपालीलाई खुसी दिलाउँछौ : नवयुग श्रेष्ठ (बाल्यकालसहित)

अन्तर्राष्ट्रिय फुटबलमा नेपालको शिर उचाल्ने नवयुग को हुन् ?

logo
प्रकाशित २०७२ माघ ७ बिहिबार
nabayug-new-photo-FNL.jpg.jpeg
काठमाडौ । ११औं साफ च्याम्पियनसिप अघि नेपाल १२ खेलसम्म गोलविहिन रहँदा नेपाली फूटबल समर्थक निराश थिए । बंगबन्धु गोल्डकप दौरान नेपालले १३ खेलयता पहिलो जित दर्ता गर्दै खुसी दिन थालेको थियो । अझ सेमिफाइनलमा नवयुग श्रेष्ठले माल्दिभ्सविरुद्धको खेलमा ह्याट्रिक गर्दै ४–१ को अन्तरले हराउदै १७ वर्षयताकै सफलता दिलाए । उनले  नेपाली राष्ट्रिय टिमलाई फाइलनमा मात्र लगेनन् सन् २००८ मा माल्दिभ्ससंग बेहोरेको ४–१ कै हारको बदला लिएर इतिहास सम्झाए । नवयुगको पहिलो अन्तराष्ट्रिय गोल करिअर नै ह्याट्रिकबाट सुरु भयो । सन् १९९९ मा काठमडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुद (साफ) को फाइनल पुगे यता नेपाल कुनै पनि अन्तर्राट्रिय फुटबल प्रतियोगिताको फाइनलसम्म पुग्न सकेको थिएन ।
 
बल भेटेपछि एकदम चाडो खेल्ने तर, बल नहुदा ढिला खेल्ने भनेर पहिले आलोचित हुदै आएका नवयुगले बंगबन्धुमा भने कुनै कमजोरी नगरेको राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बताए । नवयुगले प्रतियोगिताभरिको पहिलो ह्याट्रक गर्ने खेलाडीको रेकर्ड समेत कायम गरेका छन् । हाम्राकुरासंग कुरा गर्दै नवयुगले सवैले मिहनत गरेर राम्रो खेल्न सके सहजै फाइनल जितेर इतिहास रच्दै नेपाली फटबल समर्थक तथा आम नेपालीलाई खुसी दिन आतुर रहेको बताएका छन् । यसअघि, अन्तर्राष्ट्रिय प्रतियोगितामा विरलै मात्र ह्याट्रिक भएका छन् ।  राष्ट्रिय टोलीबाट ह्याट्रिक गर्ने नवयुग श्रेष्ठ पाँचौ नेपाली खेलाडी समेत बने । अहिले सम्म अन्तराष्ट्रिय खेलमा ह्याट्रिक गर्नेहरुको विवरण यस्तो छ । 
ह्याट्रिक
१. गणेश थापा : सन् १९८७, भुटानविरुद्धको खेलमा 
२. नरेश जोशी : सन् १९९९ श्रीलंकाविरुद्धको खेलमा 
३. निराजन रायमाझी : सन् २००१ मकाउविरुद्धको खेलमा 
४. भरत खवास : सन्  २०१३ नर्दन मरिना आइल्याण्डविरुद्धको खेलमा 
५. नवयुग श्रेष्ठ : सन् २०१६ मालदिभ्सविरुद्धको खेलमा 
‘नेपाल र नेपालीको खुसी वाहक’ नवयुग श्रेष्ठ को हुन् ? 
वि.सं. २०४७ सालमा इलामको मंगलबारे (हालको देउमाई नगरपालिका) मा बुबा चन्द्र केसर श्रेष्ठ र आमा बसुन्धरा श्रेष्ठको जेठो छोराका रुपमा जन्मिए । उनी भन्दा पछि एक बहिनी छन् । नवयुग स्कूले जीवनबाट खेल सुरु गर्दा देखि नै अब्वल थिए । स्थानीय उद्दीप क्लबले वर्षेनी आयोजना गर्ने जुनियर फूटबलमा १२–१३ वर्षको उमेरमा नै आकर्षक गोल गर्दै सबैको मन लोभ्याउथे । उनको खेल कौशलको जिल्लाभर नै चर्चा हुन थालेपछि उनी जिविस कप खेल्न इलामको टिमबाट काठमाडौ आए । नवयुगले उत्कृष्ट खेल प्रदर्शनकै  कारण २०६० र २०६१ सालमा भएको १४ वर्ष मुनिको जिविस कपको उपाधि इलामलाई दिलाए । 
 
सुरुका दिनमा भानुभक्त उच्च माविबाट खेल्ने नवयुग पछि त्रिवेणी युथ क्लब मंगलबारेका प्रमुख स्ट्राइकर थिए । कुनै बेला एक्लै, कहिले साथी भाई बटुलेर भानुभक्तको मैदानमा लगातार अभ्यासमा लागि रहने उनको मेहनती स्वभाव अझै कायम छ । जसकै बलमा उनी राष्ट्रिय टोलीमा पर्न सफल भए । नवयुगको लगाव देखेर बुबा र आमाले उनलाई खेलाडी नै बनाउने मनसाय पहिले नै बनाइसकेका थिए । र, उनको योजनामा साथ दिदै आए । भविष्य खोज्दै नवयुग काठमाडौं छिरे । केही क्लबमा ट्रायल पनि दिएपछि उनी विभागिय त्रिभुवन आर्मी क्लवबाट खेल्न थालेको पनि सात वर्ष भैसकेको छ । उनले खेलेका पछिल्ला दुवै राष्ट्रिय लिगमा सर्वाधक गोल गर्ने खेलाडीको रेकर्ड राखे । राष्ट्रिय लिगको दोस्रो संस्करणमा १४ गोल गर्दा पहिलो संस्करणमा सर्वाधिक ७ गोल गरे ।      
 
सानै कद भएपनि फुटबलमा अब्वल नवयुग सपनामा नेपालबाट खेलेको देखिरने सुनाउँछन् । फुटबल खेलाडी बंगलादेशमा जारी बंगबन्धु गोल्डकपमा माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गरी अन्तर्राष्ट्रिय खेलमा १७ वर्ष पछी नेपाली टोलीलाई फाइनल सम्म लैजाने कीर्तिमानी प्रदर्शनको श्रेय नवयुगनै पाएका छन् । यसअघिको राष्ट्रिय टोलीका कप्तान सहित प्रशिक्षक खेल मिलेमतोमा आजीवन निलम्बित भएपछि नयाँ पुस्ताले नेपाली फुटबललाई मज जल गर्न थालिसकेको विश्लेषण भइसकेको छ । खेल मिलेमतोले बद्नामित भएको नेपाली फुटबल क्षेत्रको साख जोगाउने कार्य समेत वर्तमान टोलीले गरिरहेको छ । जुन टोलीको आकर्षणको रुपमा रहेका छन्–नवयुग ।  नवयुगले भनेका छन्,‘आमा बुबा र स्थानीय त्रिवेणी क्लबका अग्रज दाईहरुलाई नै मेरो प्रेरणाको स्रोत हुन् ।’ उहाँहरुको हौसलाले मलाई आज यहाँसम्म ल्याएको हो । फाइनल पुगेको सानो सफलता हो अब, फाइनल जितेर इतिहास रच्दै अघि बढ्छौं । सबैले राम्रो गरे फाइनल जित्न सक्छौं । हामी स्पष्ट जीतका लागि खेल्नेछौं–नवयुगले भने ।
 
नेपाली फुटबलको खस्किदो स्तरलाई उकास्न खेलाडी र व्यवस्थापन दुबैले धेरै मेहनत गर्नु पर्ने उनले बताए । उनले भने,‘मेहनत गर्ने जिम्मा हाम्रो काँधमा आएको छ । सबै लाग्ने हो भने नेपाली फुटबलको भविष्य अझै राम्रो देख्छु । अबको हाम्रो पहिलो लक्ष्य भनेको दक्षिण एसियाली टिमहरुमा सबैभन्दा राम्रो टिम बनाउनु हो ।’ त्रिभुवन आर्मी क्लबका फरवार्ड नवयुग राष्ट्रिय लिगमा उच्च प्रदर्शन गरेपनि राष्ट्रिय टोलीमा साफ फुटबलदेखि मात्र परेका हुन् । नवयुगले बाल्यकाल देखिको रफ्तारलाई अझ सशक्त बनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ