नेपाली जनताको हितमा लडाइँ लड्न चुनावी मैदानमा छु : पौडेल
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
215
Shares
दमौली, तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ उम्मेदवार रामचन्द्र पौडेलले नेपाली जनताको हितमा लडाइँ लड्न आफू चुनावी मैदानमा उत्रेको बताएका छन् ।
तनहुँको भानु नगरपालिका–११ स्थित टुहुरेपसलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मुलुकलाई बर्बादीबाट जोगाउन र आर्थिक समृद्धि हासिल गर्न आफू चुनावी मैदानमा उत्रेको बताए ।
यसअघि आफू राष्ट्रिय राजनितिमा व्यस्त हुनुपरेकाले जिल्लाभित्र समय दिन नसके पनि अबको पाँच वर्ष अधिकतम समय गाउँकै हितमा खर्चने वचनबद्धता नेता पौडेलले प्रकट गरे ।
कार्यक्रममा प्रदेशसभा (क) का उम्मेदवार गोविन्द भट्टराई, समानुपातिक उम्मेदवार लक्ष्मी आचार्य, सरिता गुरुङलगायतले लोकतान्त्रिक शक्तिलाई जिताउनुपर्ने बताएका थिए ।