‘काँग्रेसले मात्रै देशलाई समृद्ध बनाउन सक्छ’ : प्रकाशमान सिंह
प्रकाशित २०७४ मंसिर ८ शुक्रबार
304
Shares
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा उम्मेदवार एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसले मात्रै देशलाई समृद्ध बनाउन सक्ने बताएका छन् ।
बबरमहल क्षेत्रमा शुक्रबार आयोजित कार्यक्रममा नेता सिंहले काँग्रेसको ठीक नीति र त्यसको सही कार्यान्वयनबाट नै देश समृद्धिको अभियानमा अघि बढेको जिकिर गर्दै भने, “देशमा भ्रष्टाचार नियन्त्रण गर्न र गरिबी अन्त्य गर्न काँग्रेसबाहेक अरु कसैले सक्दैन, देशको राजस्व पहिले रु छ अर्ब थियो, अहिले ६०० अर्बभन्दा बढी भइसकेको छ, यो काँग्रेसका कारण सम्भव भएको हो ।”
पूर्वउपप्रधानमन्त्री सिंहले काँग्रेसले राज्यको ढुकुटी मजबुत गर्नका लागि उदार आर्थिक नीति अपनाएकाले देश उन्नतिको बाटामा अगाडि बढेको बताए ।
“नेपाली काँग्रेसले समृद्धिको अभियान अगाडि बढाइरहेको छ, तत्कालीन पार्टी सभापति सुशील कोइराला नेतृत्वको सरकारको पालामा संविधान जारी भएकाले त्यसको कार्यान्वयनको जिम्मा पनि काँग्रेसले नै गर्न सक्छ र जनतालाई अवसर पनि दिनुपर्छ”, उनले भने । रासस