arrow

'सुदूरपश्चिमलाई विशेष आर्थिक क्षेत्र बनाउन जरुरी छ '

logo
प्रकाशित २०७४ मंसिर ९ शनिबार
binod-chaudhary.jpg

धनगढी ।  वरिष्ठ उद्योगपति विनोदकुमार चौधरीले लोकतन्त्रमा मात्र देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान सहज हुने बताएका छन् । 

नेपाल प्रेस युनियनले  गरेको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसको समानुपातिक उम्मेदवारसमेत रहेका चौधरीले लोकतन्त्रसँग अर्थतन्त्रको ठूलो सम्बन्ध रहेको चर्चा गरे । 

विकास र समृद्धिका लागि प्रशस्त सम्भावनाहरु सुदूरपश्चिम ७ नं प्रदेशमा रहेको भए पनि अहिलेसम्म यो क्षेत्र विकासबाट पछि परेको उल्लेख गर्दै उनले भने "सुदूरपश्चिमलाई विशेष आर्थिक क्षेत्र बनाउन जरुरी छ ।" 
उनले भने, "आर्थिक एजेण्डाको स्वामित्व बोक्ने र विकासको रोडम्यापलाई अन्तिम गन्तव्यमा पुर्याउन जिम्मेवारी लिने सरकारको आवश्यकता छ ।" रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ