arrow

'अब बालबच्चालाई पढ्न टुकी बाल्न पर्दैन '

logo
प्रकाशित २०७४ मंसिर ९ शनिबार
bijuli-news-aa.jpeg

हेटौँडा । वाग्मती गाउँपालिका १ मा विद्युत् सेवा विस्तार गरिएको छ । 

नेपाल विद्युत् प्राधिकरणले सेवा विस्तार गरेपछि यहाँका करिब ४०० घरधुरी लाभान्वित भएका छन् । 

राईगाउँका स्थानीयवासी अरुण वलले वर्षौंदेखिको बिजुलीको उज्यालोमा बस्ने सपना पूरा भएको बताए । उनले भने, “अब बालबच्चालाई पढ्न टुकी बाल्न पर्दैन ।” 

स्थानीयवासी ४० वर्षीया फुलमाया घिसिङले अब साँझ बिहान घरायसी काम गर्न सहज हुने बताए । चार सन्तानकी आमा घिसिङले दिनभर उज्यालो हुन्जेल खेतबारीमा काम गर्नुपर्ने र साँझ बिहान टुकीमा घरधन्दा गर्ने गरेको बताए । 

उनले भने, “कहिलेकाहीँ त टुकीमा तेल सकिएर चुलोमा बलेको दाउराको भरमा मात्र काम गरिन्छ, तर बच्चाहरुले पढ्न पाउँदैनन् ।” 

विद्युत् विस्तार भएको वडामा तीनवटा विद्यालय र एउटा खोपकेन्द्र रहेको छ । वाग्मती गाउँपालिका अध्यक्ष सर्केस घलानले वर्षौंदेखि स्थानीयवासी विद्युत् लाइनको अभावमा अन्धकारमय जीवनयापन गर्दै आएको बताए । 

“वाग्मती गाउँपालिकाको अन्य वडामा समेत विद्युत् सेवा विस्तार गर्ने योजना छ,” उनले भने । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ