arrow

संविधान कार्यन्वयनका लागि काँग्रेस : देउवा

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ मंसिर ९ शनिबार
deu.JPG

पाल्पा । नेपाली काँग्रेसका केन्द्रीय सभापति  तथा  प्रधानमन्त्री शेर देउवाले ७० वर्षको आन्दोलन तथा प्रयासबाट नेपाली जनताको प्रतिनिधिबाट निर्वाचित जनप्रतिनिधिले संविधान निर्माण गरि जनतालाई मालीक बनाएको बताए । पाल्पाको रैनादेवी गाँउपालिका को मुझुङ्गमा नेपाली काँग्रेसको आमसभालाई सम्बोधन गर्दै देउवाले मुलुकमा जेजति विकास भएका छन् सवै नेपाली काँग्रेसको सरकारको नेतृत्व बाटै भएको बताएका  छन् ।

२००७ सालको राजनितिक परिवर्तन देखि मुलुकमा जनता द्धारा निर्वाचित जनप्रतिनिधिबाट  संघिय लोकतान्त्रिक संविधानको निमार्ण  जस्ता कार्यको नेतृत्व नेपाली काँग्रेसले गरेकाले अबका दिनमा संविधान कार्यन्वयनका लागि र नेपाली जनतालाई सम्वृद्धि बनाउन नेपाली काँग्रेसको नेतृत्व विना संम्भव नभएको हुदाँ अबको निर्वाचनबाट नेपाली काँग्रेस पहिलो पार्टी हुने दावी गरे ।

मुलुकमा अहिले देखा परेको बामगठबन्धनले एक दलिय तानाशाह ल्याउन खोजेको बताए । बामगठबन्धन भए पनि  नेपाली काँग्रेसलाइ कुनै असर नपर्नै बताए । प्रधानमन्त्रि देउवाले केपी ओली प्रति लक्षित गर्दै भने उखान टुक्का र हास्यब्याङ्याले मुलुक नचल्ने भएकाले त्यसका लागि नेपाली काँग्रस नेतृत्व आवश्यक रहेको विचार ब्यक्त गरे ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाली काँगे्रसका  बरिष्ठ नेता रामचन्द्र पौडेलले पाल्पामा प्राविधिक विश्वविद्यालयको स्थापना र बुटवल पाल्पाको सडकको स्तर उन्नतिका लागि र समग्रह जिल्लाको विकासका लागि नेपाली काँग्रसको नेतृत्व आवश्यक रहेको बताए । नेपाली काँग्रेसले शान्ती स्थापना देखि द्धन्द व्यवस्थापन , संविधना निर्माण र कार्यन्वय त्यस सँगै जनतालाई समृद्धि तर्फ उन्मुख गराउन नेपाली काँग्रेसको नेतृत्व आवश्यक रहेको बताए ।

 त्यस्तै गरि सभामा  नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नम्वर २ का प्रतिनिधि सभाका उम्मेदवार हरि प्रसाद नेपाल, नेपाली काँग्रसका जिल्ला  सभापति तथा समानुपाति उम्मेदवार विर बहादुर राना लगायतले बोल्दै शान्ती , समृद्धि र राजनितिक स्थायित्वका लागि नेपाली काँग्रेसका लाई मतदान गर्न मतदातालाई आग्रह गरे । जिल्लाका हरेक विकास निर्माणका कार्यमा नेपाली काँग्रेसले अग्रहणी भूमिका खेल्दै आएकाले नेपाली काँग्रेसका उम्मेदवारहरुलाई मतदाताले भोट दिनेमा आफुहरु विश्वस्त रहेको बताए ।  


त्यस्तै गरि प्रधानमन्त्रि शेर बहादुर देउवा, नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल ,  नेपाली काँग्रेसका जिल्ला सभापति विर बहादुर राना लगायतले पाल्पाको क्षेत्र नम्वर १ को रामपुरमा नेपाली काँग्रेसको आम सभालाई  समेत सम्बोधन गरेका थिए ।  

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ