अशोक राई भन्छन्–जातिवाद खतरनाक कुरा हो, जातिवादको पक्षमा छैनौँ
‘एमालेले जीवन माथि उठाउन सकेन, विकल्प खोज्नुस्’
प्रकाशित २०७४ मंसिर १० आइतबार
894
Shares
धरान । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका साझा उम्मेदवार अशोक राईले धरानका मगर समुदायसँग भेटेर आफु अत्यन्तै हर्सित भएको बताएका छन् ।
धरान सोर्ह स्थित मगर संघको कार्यालयमा आयोजित भेटघाटमा राईले यसो भनेका हुन् । आफु आदिवासी जनजातिको पहिचानको लागि आफुले विगतका सबै कुरा छाडेर पहिचानको आन्दोलनमा होमिएको बताउँदै संघीय समाजवादीको बरिष्ठ नेता समेत रहेका रार्इले मगर समुदायको आवाज राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा पुर्याउन आफु प्रतिवद्ध भएको बताए ।
केही मानिसहरुले पहिचानको आन्दोलनलाई जातिवादको आन्दोलन भन्दै बद्नाम गराउने प्रयत्न गरिरहेको बताउँदै राईले पहिचान र जातिवाद फरक कुरा भएको बताए । जातिवाद भनेको अत्यन्त नकारात्मक कुरा भएको बताउदै उनले अगाडि थपे, ‘ जातिवाद खतरनाक कुरा हो । त्यसको पक्षमा हामि छैनौ । कहिल्लै जातिवादको पक्षमा उभिन पनि सक्दैनौ । ‘
यो क्षेत्रमा एमालेले लामो समय सम्म नेतृत्व गरेपनि जनताको जीवनस्तर उठ्न नसकेको बताउँदै राईले एमालेलाई विकल्प दिन आफु जनताहरुको घर आगनमा आएको बताए ।
नेकपा एमालेले विगतमा केही गर्न नसकेको कारण धरान र एक नम्बर निर्वाचन क्षेत्र पीछडिएको बताउँदै ध्र्तानालाई शिक्षा , स्वास्थ्य ,र पर्यटनको केन्द्र बनाउने योजना लिएर आफु जनता माझ आएको सुनाए । सबै भन्दा महत्त्वपूर्ण कुरा धरानलाइ प्रदेशको राजधानी बनाउन सक्दा धरानले आर्थिक, राजनीतिक लगायत हरेक क्षेत्रमा धरान अघि बढ्ने बताउँदै यसका लागि आफु विशेष रुपमा लाग्ने बताए । भेटघाट कार्यक्रममा मगर संघका प्रतिनिधिहरु सहभागि थिए ।