यसरी हुँदैछ मकवानपुरमा लोकतान्त्रिक गठबन्धनको घरदैलो
प्रकाशित २०७४ मंसिर १३ बुधबार
134
Shares
हेटौँडा । प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै लोकतान्त्रिक गठबन्धनले चनावि अभियान र घरदैलोलाई व्यापक बनाएको छ । घरदैलोलाई ब्यापक गर्दैै गठबन्धनले साेमबार हेटौंडा ६ र ७ को न्युरेनी, पौडेलडाँडा, धाप, पशुपति टोल लगायतको स्थानमा घरदैलो कार्यक्रम गरेको छ ।
लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवापुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा ख का उम्मेदवार अशोक शाक्य र राप्रपाबाट समानुपातिक उम्मेदवार दिपक सिंह नेतृत्वको टोलीले ६ र ७ नम्बर को न्युरेनी, पौडेलडाँडा, धापको विभिन्न टोलटोलमा पुगेर मकवानपुरको विकासको लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न मतदातालाई आग्रह गर्दै घर दैलो कार्यक्रम गरेको हो ।
घरदैलोमा राप्रपाका केन्द्रीय सदस्य मधु अधिकारी, क्षेत्र नम्बर १ निर्वाचन परिचालन समिति संयोजक रामचन्द्र अर्याल माईकल , राप्रपा निकट महिला संगठनकी केन्द्रीय अध्यक्ष पवित्रा थापा, काँग्रेस जिल्ला सल्लाहाकार प्रभात दाहाल, काँग्रेस जिल्ला सदस्य सुनिल दाहाल, ईश्वर लाल श्रेष्ठ, राप्रपा नगर अध्यक्ष गुरु प्रसाद सापकोटा, ६ नम्बर वडाका वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, ७ नम्बर वडाका चुनाव प्रचार संयोजक दामोदर गौतम, नेविसंघ जिल्ला सदस्य आलोक पौडेल लगायत गठबन्धनमा आवद्ध नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।