काठमाडौं । रक्षामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ६ का नेपाली काँग्रेसका प्रतिनिधिसभाका उम्मेदवार भीमसेनदाश प्रधानको काठमाडौंको ज्याठास्थित घरमा अपरिचित समूहले प्रेसर कुकर बम राखेको छ ।
मन्त्री प्रधानको पुरानो घरअगाडि बम भेटिएपछि विहान त्रास भएको थियो ।
नेपाली सेनाले आइतबार बिहान नै बम डिस्पोज गरेको छ ।