arrow

पडौल धर्मशालामा शव फेला

logo
प्रकाशित २०७४ मंसिर १९ मंगलबार
death-body-new.jpg.jpeg

गौशाला । महोत्तरी जिल्लाको बलवा नगरपालिका–३ स्थित पडौल धर्मशालामा सोमबार एक पुरुषको शव फेला भएको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार बलवा नगरपालिका–३ स्थित पडौल धर्मशालामा जिल्लाको मनरा नगरपालिका–१ बस्ने ५२ वर्षीय चन्दर मण्डलको शव फेला परेको छ । 

घरदेखि करिब १० किलोमिटर टाढा रहेको पडौल धर्मशालामा मण्डल के कति कामले गएको तथा कसरी उनको मृत्यु भएको भन्नेबारे प्रहरीलाई केही थाहा नभएको तथा घटनाबारे अनुसन्धान शुरु गरिसकेको प्रहरी उपरीक्षक कडायतले बताए । 

साथै, उनको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर ल्याइसकिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ