arrow

गुल्मीमा एमाले कार्यकर्ताद्वारा काँग्रेस कार्यकर्ता माथि छुरा प्रहार

काँग्रेसद्वारा दोषीमाथि कारबाहीको माग 

logo
प्रकाशित २०७४ मंसिर १९ मंगलबार
congress_release.jpg

काठमाडौं । गुल्मीमा नेकपा एमालेका कार्यकर्ताहरुले नेपाली काँग्रेसका कार्यकर्ता माथि छुरा प्रहार गरेका छन् । सोमबार राती ११ बजेदेखि १२ बजेसम्मको बीचमा मुसिकोट नगरपालिका वडा नं १ आरु चौरमा नेकपा एमालेका कार्यकर्ता हिमाल केसी नेपाली काँग्रेसको नेता तथा कार्यकर्ताको घरघरमा छिर्दै चुनावी प्रचारको लागि राखेका ब्यानरहरु निकाल्ने, जलाउने तथा च्यात्ने काम गरेका थिए । 

केसीको नेतृत्वमा गएको एमालेका कार्यकर्ताहरुको टोलीले तरुण दल मुसिकोट नगरपालिका १ का सदस्य सन्तोेष केसी माथि छुरा प्रहार गरेका छन् । छुरा प्रहारबाट केसी गम्भीर घाईते भएका छन् । 

घटनापछि नेपाली काँग्रेस गुल्मीले त्यो घटना काँग्रेसको पक्षमा देखिएको जनलहरबाट आत्तिएका टोलीले गरेको आरोप लगाएको छ । काँग्रेसले यो नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुलाई निरुत्साहित गर्ने हेतुले गराईएको घटना भन्दै यसको घोर भत्र्सना गरेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ