arrow

देउवा र लेखक लक्षित गरी बम राख्नेलार्इ तत्काल कारबाही गर्न काँग्रेसको माग

logo
प्रकाशित २०७४ मंसिर १९ मंगलबार
nc-party-office.png

काठमाडौं । नेपाली कांग्रेसका सभापति, प्रधानमन्त्री एवं डडेल्धुरा जिल्ला प्रतिनिधि सभाका उम्मेदवार शेरबहादुर देउवा बसेको होटल नजिक बम फेला परेको घटनाको निन्दा गरेको छ । मंगलबार पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमार्फत् सोमबार कैलालीको धनगढीमा बम फेला परेको घटनाको भर्त्सना गरेको हो । त्यस्तै, कांग्रेसका केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं कञ्चनपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नं। ३ का उम्मेदवार रमेश लेखकको भीमदत्त नगरपालिका भाँसीस्थित घरको कम्पाउण्डमा गएराति बम विस्फोट भएको घटना प्रति पनि काँग्रेसले निन्दा गरेको छ।

जारी विज्ञप्तीमा भनिएको छ 'नेपाली कांग्रेस र लोकतन्त्रप्रतिको उर्लदो अपार जनलहरबाट अतालिएर दिनानुदिन नेपाली कांग्रेसका नेताहरुलाई लक्षित गरी बम आक्रमण र विस्फोटका घटना गराइएका छन् । निर्वाचन जस्तो लोकतान्त्रिक अभ्यासमा आतंक र भयको स्थिति सिर्जना गरेर जनमतलाई आफ्नो पक्षमा पार्ने दुस्प्रयास अधिनायकवादी चरित्र हो । लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले आपराधिक मानसिकता बोकेकाहरुको सुनियोजित षडयन्त्रबाट कति पनि विचलित नहुन नेपाली कांग्रेस आम मतदातामा हार्दिक अपील गर्दछ ।'

काँग्रेसले यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गरेको जनाउँदै शान्तिपूर्ण एवं निर्वाध रुपमा निर्वाचनमा सहभागी हुन पाउने नागरिकको नैसर्गिक अधिकार माथि अवरोध खडा गर्ने र लोकतान्त्रिक संस्कार तथा संस्कृतिको उपहास गर्ने यस प्रकारका आपराधिक घटनाको नेपाली कांग्रेस कडा मुकाविला गर्न काँग्रेस तयार रहेको जनाएको छ । यस्ता अपराधिक घटना नियन्त्रण गरी शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन तथा यस्ता घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कडाभन्दा कडा कार्वाही गर्न पनि कांग्रेसले सरकारसँग माग गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ