जाजरकोटमा शक्ति बस्नेत भन्दा राजीव विक्रम निकै अगाडि
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
533
Shares
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत् पहिलो चरणमा भएको जाजरकोट जिल्लाको प्रारम्भिक मत परिणाम अनुसार बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका शक्ति बस्नेतको भन्दा काँग्रेसको उम्मेदवार रावीव विक्रम शाहको मत निकै अगाडि देखिएको छ ।
बिहीबारबाट सुरु भएको मत गणनाको प्रारम्भिक मतपरिणाम आउँदा काँग्रेसका राजीवको कूल ७ सय ५२ मत गन्दा ३ सय ५१ मत आएको छ । दोस्रो स्थान माओवादीका उम्मेदवार शक्ति बहादुर बस्नेतको २ सय ८७ मत आउँदा नयाँ शक्तिका उम्मेदवारले दुई मत मात्रै ल्याएका छन् । निर्वाचन अधिकारीको कार्यालयले दिएको जानकारी अनुसार नेकमा मालेको २६ मत आउँदा ८१ मत बदर भएको छ ।