arrow

गगन लागे अघी, राजन पछ्याउँदै

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
gagan-rajan.png

काठमाडौं। काठमाडौं ४ मा काँग्रेस नेता गगन थापाले अग्रता लिएका छन्। शुरुवातमा एमाले उमेद्वार राजन भट्टराईले अग्रता लिएपनि साँझतिर आइपुग्दा गगनले अग्रता लिएका छन्। 

गगनले ४ हजार २ सय ७ मत ल्याउँदा राजनले ४ हजार १ सय ९७ मत ल्याएका छन्। 

वुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० ११ र १२को मत गन्दा यो परिणाम आएको हो। साविकको कपन रहेको यो क्षेत्र एमालेको प्रभाव क्षेत्र पनि हो। 

यस बाहेकका क्षेत्रका गगन थापालाई थप सहज हुने काँग्रेस कार्यकर्ताको विश्वास छ।

राष्ट्रिय सभागृहमा मतगणना भइरहेको छ। वुढानिलकण्ठकै वडा नम्वर ८ मा अहिले मतगणना भइरहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ