arrow

आँखा दान दिनेहरुको सम्झना

अहिले ६३ हजार जना दाताले मृत्यु उपरान्त आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन्

logo
प्रकाशित २०७२ माघ १० आइतबार
IMG_9604.JPG.jpeg
काठमाडौं । नेपाल आँखा कार्यक्रम अन्तर्गत आँखा बैंकले हरेक वर्ष आयोजना गर्दै आएको मरणोपरान्त आँखाको नानीदान गरी अमरत्व प्राप्त गर्नेहरुको सम्झना र सम्मानमा उनीहरुको परिवारहरुको उपस्थितिमा बसेर श्रद्धाञ्जली कार्यक्रम शनिवार राजधानीमा सम्पन्न गरेको छ । 

बैंकका अनुसार त्यहाँ अहिले ६३ हजार जना दाताले मृत्यु उपरान्त आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन् भने  झण्डै ११ हजार जनाले आँखाको नानी दान प्राप्त गरिसकेका छन् । पछिल्लो समयमा आँखा दान गर्न प्रण गर्नेको संख्या दोब्बरले बढेको पाइएको छ । 

विभिन्न कारणबाट आँखाको नानी विग्रिएर दृष्टिविहिन बनेका व्यक्तिका लागि यसरी संकलन गरिने नानी प्रत्यारोपण गरिन्छ । सन् १९९४ को सेप्टेम्बर १६ मा नेपाल आँखा बैकको स्थापना भएपछि नेपालमा पनि यो सेवा सहज भएको हो । आँखा बैकले मृत्यु पश्चात आँखाको नानी दान गर्ने दाताहरुबाट नानी संकलन,परीक्षण र संचय लगायत आवश्यक परेकालाई नानीहरु उपलब्ध गराउने गर्छ । शुरुवातको अवस्थामा पशुपतिको आर्यघाट लगायत विभिन्न ठाँउमा गएर आँखा दान सम्बन्धि मानिसहरुमा जनचेतना जगाई यस सम्बन्धी बुझाइन्थ्या भने अहिले यी सँगै काठमाडौंमा रहेका ३ वटा ठूला अस्पताल वीर अस्पताल, त्रि.वि.शिक्षण अस्पताल र पाटन अस्पतालमा आँखा बैकंबाट खटाइएका परामर्शदाताहरुले परामर्श गर्ने काम पनि गरिन्छ, जसको माध्यमबाट आँखा दान गर्नेको संख्या बढ्दो छ । 

तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ्गले धेरै भन्दा धेरै मानिसहरुलाई मृत्युपछि आँखाको नानी दान गर्न प्रेरित गर्न र गराउन, दाताको परिवारलाई धन्यवाद दिन, आँखाको नानी पाएका व्यक्तिहरुको अनुभव आदानप्रदान गर्न र दिवंगत आत्माको चिरशान्तिको लागि सामूहिक श्रद्धाञ्जली अर्पण सभाको आयोजना गरिएको बताईन् ।

बैंकमा आँखाको नानी शुरुको अवस्थामा विदेशबाट झिकाइन्थ्यो भने हाल आँखाको नानी देश भित्रबाटै संकलन गरि स्वदेशको अन्य अस्पताल समेत प्रत्यारोपण सुविधा उपल्ब्ध गराएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ