२२ सय मत गन्दा काँग्रेस महामन्त्री कोइरालाको १६ सय मत
प्रकाशित २०७४ मंसिर २३ शनिबार
518
Shares
काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत् प्रतिनिधि सभा सदस्य निर्वाचन तर्फ महामन्त्री शशांक कोइरालाले सुरुवाती अग्रता हाँसिल गरेका छन् ।
प्रतिनिधि सभा तर्फ नवलपुर १ मा उम्मेदवार बनेका कोइरालाले राती साढे १ बजेसम्म कोइरालाको १६ सय २ मत आएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कोइरालाका प्रतिस्पर्धी बाम गठबन्धनका भविश्वर पराजुलीले ४ सय ९३ मत पाएका छन् । अहिलेसम्म नवलपुरको पुलिङटार १ र २ को २२ सय ४० मत गन्दाको अवस्था हो ।