रक्षामन्त्री भीमसेनदास विजयी, काठमाडौंमा काँग्रेसको चौथो सिट
प्रकाशित २०७४ मंसिर २३ शनिबार
557
Shares
काठमाडौं । रक्षामन्त्री भिमसेनदास प्रधान विजयी भएका छन् । शनिबार अपराह्न आएको निर्वाचन मतपरिणाममा प्रधान एक हजार ३ सय मतान्तरले विजयी भएका छन् ।
प्रधानको जीतसँगै काठमाडौंमा काँग्रेसले ४ सिट जितेको छ । यसअघि क्षेत्र नं १ बाट प्रकाशमान सिंह, क्षेत्र ४ बाट गगनकुमार थापा र क्षेत्र १० बाट राजन केसी विजयी भइसकेका छन् ।
निर्वाचन आयोगको आधिकारिक तथ्यांक अनुसार १६ हजार ७८५ मत ल्याउँदै प्रधानले जित निकालेका हुन् । सुरुवातदेखि नै अग्रता लिइरहेका बाम गठबन्धनका उम्मेदवार माओवादी नेता झक्कुप्रसाद सुवेदीले १५ हजार ४८५ मत ल्याएका छन् ।