arrow

खेलकूदबाट काँग्रेसका हमालको संसद यात्रा

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
hamal_g.JPG

काठमाडाैँ । खेलकुद क्षेत्रबाट सुरेन्द्र हमालले पनि संसद यात्रा तय गरेका छन् । तर, उनी संघीय संसद होइन, प्रदेश संसद प्रवेश गरेका छन् ।

बाँके प्रदेश सभा क्षेत्र नम्बर २ (ख) मा काँग्रेसबाट उम्मेदवार रहेका हमाल विजयी भए । उनले संघीय समाजवादी फोरमका उम्मेदवार दुर्गेस गुप्तालाई ७७९ मत अन्तरले पराजित गरे ।

हमालले ९ हजार २११ र गुप्ताले ८ हजार ४३२ मत प्राप्त गरेका छन् । ओलम्पियन हमाल राष्ट्रिय खेलकुद परिषदका कोषाध्यध्यक्ष समेत हुन् । उनी भारोत्तोलन खेलका ओलम्पियन पनि हुन् । काँग्रेसको राजनीति गर्दै आएका हमाल नेपालगन्ज उपमहानगरपालिका–२, घरबारी टोलका स्थायी बासिन्दा हुन् ।

खेलकूदबाट यसअघि जीवनराम श्रेष्ठले संघीय संसदको यात्रा तय गरिसकेका छन् । काठमाडौं क्षेत्र नम्बर ८ बाट एमाले उम्मेदवार रहेका जीवनराम श्रेष्ठ प्रतिनिधिसभा सदस्य निर्वाचित भए । उनले कांग्रेस म्मेदवार नविन्द्रराज जोशीलाई पराजित गरे । श्रेष्ठ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत हुन् ।

यस्तै, खेलकूदमन्त्री रहेका राजेन्द्रकुमार केसी पनि विजयी भएका छन् । उनी काठमाडौँ १० बाट विजयी भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ