काठमाडौं । काठमाडौं ४ (क) मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका नरोत्तम वैद्य विजयी भएका छन् । उनले ८ हजार ७ सय १९ मत ल्याई विजयी भएका हुन् ।
पशुपति क्षेत्र विकास कोषबाट सरकारी सुविधा लिएको अवस्थामा चुनाव लडेको भन्दै एमालेका उमेद्वारले उजुरी गरेपछि उम्मेदवारी खारेज सम्बन्धी छानविनमा बैद्य तानिएपनि उनको उमेद्वारी खारेज गर्नु नपर्नेमा निर्वाचन आयोग सहमत भएको थियो।
निर्वाचन आयोगले दिएको क्लिन चीट पछि उनलाई उजुरी गर्ने दवावमा परेका थिए। अन्त्यमा उनका उजुरीकर्ता पराजित हुँदै वैध निर्वाचित भएका हुन्।
लामो समयदेखि समाजसेवीको छवीमा देखिएका वैधको यो जीतलाई स्थानियहरुले स्वागत गरेका छन्।