arrow

मैले हारेपनि गठबन्धनले जित्यो त्यसमै खुशी छु : नारायणकाजी

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
narayankaji-shrestha-maobadi.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफूले हारेपनि बाम गठबन्धनले जितेकोमा आफू खुशी रहेको प्रतिक्रिया दिएका छन् । प्रतिनिधि सभा तर्फ गोरखा क्षेत्र नं २ बाट उम्मेदवारी दिएका श्रेष्ठले पूरा नतिजा आउनुपूर्व नै ट्वीटर मार्फत् आफूले नजितेपनि आफूमा ग्लानी नभएको बताएका हुन् । 

बाम गठबन्धन जोड्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका श्रेष्ठले आफ्नो अथक प्रयासबाट बनेको गठबन्धनले जीत हाँसिल गरेकोले आफूले व्यक्तिगत रुपमा जित्न नसकेपछि कुनै दुख नलागेको बताएका हुन् ।

उनले लेखेका छन् 'मैले सधै नेपाली कम्युनिष्ट आन्दोलनको एकीकरण र बाम(गठबन्धनको पक्षमा प्रयत्न गरिरहें। ब्यक्तिगत रुपमा मेरो पराजय भएपनि बामगठबन्धनको शानदार विजयबाट म अत्यन्त खुसी छु। मेरा लागि यो नै ठूलो विजय हो। बाम सरकारद्वारा समाजवाद उन्मुख समृद्धि हाँसिल गर्न र पार्टी एकता सफल पार्न लागिपर्नेछु ।'

मुलुकका दुई मुख्य पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनाव लगत्तै पार्टी एकीकरण समेत गर्ने अठोट व्यक्त गरेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ