मुचुल्कामा भएको भन्दा ४२ मत बढी भेटिएपछि प्रदिप पौडेलले गरे पुन मतदानको माग
४२ मत वढी भेटिदा प्रदिप पौडेल ५ मतले पछि
प्रकाशित २०७४ मंसिर २४ आइतबार
1k
Shares
तनहुँ। नेपाली काँग्रेसका यूवा नेता प्रदिप पौडेल अन्तिम भनिएको चुनावी नतिजामा ५ मतले पछि परेका छन्। तर खसेको कुल मत भन्दा ४२ मत बढी भेटिएपछि नेपाली काँग्रेसले आफ्ना उमेद्वार पछि परेको कुरा मान्न तयार देखिएको छैन।
स्थानिय काँग्रेसले मतगणनामा अनियमितता भएको आशंका गरेको छ।
तनहुँको क्षेत्र नं. २ क मा कुल खसेको मत भन्दा ४२ मत बढी पाइएपछि काँग्रेस उमेद्वार प्रदिप पौडेलले मतगणना रद्ध गरि पुन मतदानको माग गरेका छन्।
पोडेलले तनहुँको क्षेत्रीय निर्वाचन कार्यालय २ मा पुन मतदानको माग गर्दै निवेदन दिएका छन्।
५ मतले पछि परेको भन्दै माओवादी केन्द्रकी उमेद्वार आशा कोइरालालाई निर्वाचित भएको घोषणा गराउने तयारी भइरहँदा यो बढी मतको पोल खुलेको हो।
सो क्षेत्रको हंसबाहिनी बुथमा खसेको भन्दा ४२ मत बढी भेटिएको थियो।