arrow

आरजुले खोलिन आफू हार्नुको कारण, यस्ता छन कारण 

logo
प्रकाशित २०७४ मंसिर २५ सोमबार
Aarju_rana.jpg

धनगढी । नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाले आफू चुनाव हार्नुको कारण खोलेकी छिन्। उनले पार्टीभित्रको असन्तुष्टि लगायतका कारणबाट निर्वाचनमा पराजय व्यहोर्नुपरेको बताएकी छन् । 

कैलालीको धनगढीस्थित निवासमा सोमबार बिहान पत्रकारहरुसँग कुरा गर्दै नेतृ राणाले पार्टीकै नेता–कार्यकर्ताहरुको असहयोगका कारण निर्वाचनमा पराजित भएको बताएकी हुन् ।

काँग्रेस नेता पुष्करनाथ ओझा लगायत आरजु हराउ अभियानमा सक्रिय भएर लागेका थिए। 

‘‘पार्टीभित्रको आन्तरिक विवादले गर्दा नेता–कार्यकर्ताहरुले सहयोग गरेनन् । हामीले मिलाउन पनि सकेनौं,’’ उनले भनिन्,  ‘‘कैलालीमा रहेको जातीय र भेगीय नाराले पनि समस्या पार्यो ।’’

कैलालीमा रहेका डोटी र अछामका प्रभावशाली नेताले भेगीय नारा लगाएका थिए। जुन आरजुलाई हराउन काफी थियो। 

कैलाली क्षेत्र नम्बर ५ मा रहेका चौधरी थारु र राना थारु समुदायको ‘सेन्टीमेन्ट क्याच’ गर्न नसक्नु आफ्नो हारको कारण भएको नेतृ राणाको भनाइ थियो । 

‘‘चौधरी र राना समुदायको सेन्टीमेन्ट क्याच गर्न नसक्नु र नयाँ मतदाताले विश्वास नगर्नु पनि हारको कारण हो,’ उनले भनिन् । चौधरी समुदायबाटै एमाले उमेद्वार थिए। त्यसलाई चिर्ने गरि काँग्रेसले रणनीति बनाउन सके। 

नेतृ राणाले निर्वाचनमा सहभागि भएका सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिन् । उनले आगामी दिनमा धनगढी बसेर सुदूरपश्चिमको विकासका लागि काम गर्ने बताइन् । 

राणाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी नेकपा एमालेका नेता नारदमुनी रानालाई मन्त्री बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ