काठमाडौं । दोस्रो संविधानसभामा सबैभन्दा ठूलो दल बनेको नेपाली काँग्रेस संविधान जारी भएपछि नयाँ संरचनाअनुसार भएको तीन तहका निर्वाचनमा नराम्ररी पराजित भएको छ ।
स्थानीय तहको निर्वाचनमा दोस्रो भएको काँग्रेस प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा भने तेस्रोमा खुम्चिने देखिएको छ । यद्यपि, समानुपातिकको मतपरिणाम आउन बाँकी छ ।
काँग्रेस ४१ जिल्लामा निल हुन पुगेको छ । यस्तै, प्रदेश सभा र प्रतिनिधि सभामा त काँग्रेसको उपस्थिति न्यून हुनेछ नै, राष्ट्रिय सभामा समेत उसले भनेको एकल संक्रमणीय मत प्रणालीको व्यवस्था नभए ठूलो बन्देज लाग्नेछ । यद्यपि, जानकारहरुले निहित स्वार्थका लागि निधेषको रणनीति लिनु भने अनैतिक हुने बताएका छन् ।