arrow

आगलागीले पार्यो स्वाहा, दुई घर खरानी 

logo
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
fire.jpeg

राजविराज । सप्तरीको छुट्टाछुट्टै ठाउँमा सोमबार आगलागी हुँदा करिब रु २० लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ । 

महदेवा गाउँपालिकामा आगलागी हुँदा स्थानीय दिनेश यादव र रघु यादवको एक–एक वटा घर जलेको र आगलागीबाट नगद तथा जिन्सी गरी रु तीन लाख मूल्य बराबरको धनमाल क्षति भएको हनुमाननगर इलाका प्रहरी कार्यालयले जनाएको छ । 

सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीमा आगलागी हुँदा कपिलदेव राम र इनरदेव रामको घर जलेको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन गरी करिब रु तीन लाख मूल्य बराबरको क्षति भएको पीडितले जनाएका छन् । 

त्यस्तै सप्तरी जिल्लाको रुपनी गाउँपालिका–५ स्थित बसबिट्टीमा आगलागी हुँदा रु १४ लाख मूल्य बराबरको धनमाल क्षति भएको छ । 

स्थानीय लक्ष्मण यादवको घर छेउमा फालेको खरानीको झिल्कोबाट सल्केको आगोले निजका दुई वटा घर र लत्ताकपडा, भाँडावर्तन, नगद रु दुई लाख, सुनचाँदीका गरगहना गरी करिब रु १४ लाख बराबरको क्षति भएको रुपनी इलाका प्रहरी कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ